Thursday, March 19, 2015

Pin It

गजल : साँझ अबेर सम्म हराँउछु बिहान सबेर हराँउछु


साँझ अबेर सम्म हराँउछु बिहान सबेर हराँउछु
कसैलाई थाहा हुदैन म कति खेर हराँउछु

मेरो पिडा बुझ्न को छ र! यहाँ, म संगै साथी
थाहा छ? म चाहेर हराँउछु या त नचाहेर हराँउछु

खोज्छु आफुलाई, आफैभित्र भेट्टाउदैन
कहिले जानीजानी हराँउछु त कहिल्यै झुक्केर हराँउछु

छोडीसकें मैले सपना देख्न छोडीसकें अब 
अरु निदाएर हराँउछन म जागेर हराँउछु

यो संसार, विचार, अनि म आफैलाई बदल्नु छ हो
यस्तै यस्तै कुराहरू सोचेर हराँउछु

बिर्सिएँ मैले सबै कुरा बिर्सिएँ, अब रित्तो छू
हत्तेरिका! फेरी उहि कुरा बल्झेर पुरानो हराँउछु

मलाई जोगाउन गाह्रो छ मित्र, सारै गाह्रो
म नमरेरै हराँउछु, बसेर हराँउछु, उठेर हराँउछु

* डि. बि. 'रास्कल'
- बगनाहा बर्दिया 

Kindly Bookmark and Share it:

0 comments:

«Oldest   ‹Older     Newer›   Newest»

Confused? Feel free to ask

Your feedback is always appreciated. We will try to reply to your queries as soon as time allows.

Note:

 

k

Something About Author:

Follow Us: