Monday, March 9, 2015

Pin It

एक दिनको डायरी : आज महसुस गर्दैछु साँच्चै कति प्रभाब पार्दो रहेछ


आज महसुस गर्दैछु साँच्चै कति प्रभाब पार्दो रहेछ त बिगतले बर्तमानलाई । हो यहि कारण हुन सक्छ मानिसहरु भुत संग डराउने । भुत अर्थात भुतकाल, बिति सकेको समय । त्यो बिगतले बर्तमानलाई कहिँ कतै कुनै न कुनै क्षणमा प्रभाब पारिनै हाल्दो रहेछ ।

कहिले काहिँ त यस्तो लाग्छ यो स्वार्थि दुनियाँमा प्रेमील बन्न खोज्नु पनी मुर्खता रहेछ । र साबित पनी गरिदियौ तिमीले । तिम्रो बिगत थाहा हुँदा हुँदै पनी तिमीलाई मायाँ गर्नु मेरो मुर्खता प्रमाणित भईदियो । सोँचेको थिएँ मेरो साथले तिम्रो अतित बिर्साउनेछ, अतितलाई भुलेर मेरो मायाँ संगै रमाउने छ्यौ वर्तमानमा, तर म गलत रहेछु । मेरो सोँचाई गलत रहेछ । जति नै मायाँ दिने प्रयत्न गरे पनी म असफल भएँ तिम्रो पहिलो प्रेमको अगाडी । र असफल भयो मेरो पहिलो प्रेम ।

मायाँ गर्छु भनेर मायाँ गरिने भए, र गर्दिन भनेर नगरिने भए बिर्सिदिन्थेँ तिमीलाई । कारण मेरो पहिलो प्रेम तिमी भए पनी तिम्रो दोस्रो प्रेम थिएँ म । तर यो मन भन्ने चिज पनी बडो अचम्मको हुँदो रहेछ । कहाँ, कति खेर के देख्छ, के मन पराउँछ, अनी कस्लाई मायाँ गर्छ थाहै नहुने । जसरी तिमी तिम्रो अतितलाई भुल्न सकि रहेकि छैनौ अब त्यहि अवस्थामा म पनी पुगेको छु । मैले तिमीलाई भुल्न सकि रहेको छैन । गुनासो एउटै छ - 'टाढिएका थियौँ फेरि किन नजिकियौ ?' त्यसरि अनेक सपना देखाउनु हुँदैन थियो । म प्रति कुनै त्यस्तो चाहना नै थिएन भने झुटो मायाँको अभिनय गर्नु हुँदैन थियो । खैर अब यि सबै कुरा तिमीलाई भनेर, लेखेर कुनै अर्थ रहेन । सायद मन भरियो होला म बाट, वा तिम्रो चाहना पुरा गर्ने सामर्थ्य राखिन होला मैले त्यसैले त मायाँको त्यो अभिनय पनी बन्द गरिदियौ यस्तै बुझेँ मैले ।

अभाब, दु:ख अनी चुनौतिमा नै जिन्दगीको अर्थ खोजी रहेको म, आज भने तिम्रो अभाब र तिमीलाई भुल्ने
चुनौतीको सामना गर्न सक्दिन कि भनेर डराई रहेको छु । भन्न त सजिलो हुन्छ, तर जब आफैमा त्यो घटना आईपर्छ अनी त्यसको सामना गर्न गाह्रो हुँदो रहेछ । अरुलाई त भनिन्थ्यो - ' तिमीले त त्यसलाई गुमायौ जसले तिमीलाई मायाँ नै गर्दिन थी । तर उसले त तिमीलाई गुमाउँदा गुमाउँदै यस्तो ब्यक्ति गुमाई जसले
औधि मायाँ गर्थ्यो उसलाई ।' थाहाँ थिएन यो शब्दले त्यो धोका खाने साथीको मन बुझ्थ्यो बुझ्थेन, के सोँच्थ्यो कुन्नी ? मलाई केहि थाहा थिएन । जब त्यस्तै पिडा आफुलाई पऱ्यो । अनी त्यस्तै सान्त्वनारुपि शब्दहरु
अरुले सुनाए तब बल्ल थाहा भयो र सोँचे सायद यस्तै सोँच्थ्यो होला त्यो साथीले पनी ।

सोँचेको थिएँ यो शहर छोडे पछि तिम्रा ति यादहरुले पनी छोड्नेछन तर अहँ जहाँ गए पनी छोडेनन् र त फर्कि आएँ फेरि यहिँ तिम्रै शहरमा । जे भए पनी यथार्थता यहि हो कि तिमी मेरो साथमा छैनौ । र अब तिमीलाई आफ्नो मान्छे भन्ने अधिकार पनी म संग छैन । भुल्नु छ तिमीलाई, भुलाउनु छ तिम्रा यादहरुलाई र नसके अभिनय गर्नुछ ।

© सौगात श्रेष्ठ
बगनहा, बर्दिया
- २०७१ पौष ०९

Kindly Bookmark and Share it:

0 comments:

«Oldest   ‹Older     Newer›   Newest»

Confused? Feel free to ask

Your feedback is always appreciated. We will try to reply to your queries as soon as time allows.

Note:

 

k

Something About Author:

Follow Us: